प्रधानमन्त्री ओलीद्वारा हुम्लास्थित चुवाखोलामा बेलीब्रिजको उद्घाटन


काठमाडौं, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली कोरिडोरअन्तर्गत हुम्लाको खार्पुनाथस्थित चुवाखोलामा नवनिर्मित बेलीब्रिजको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले आज बेलीब्रिजको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री ओली आज नेपाली सेनाको हेलिकप्टोरमार्फत हुम्ला पुगेका थिए । योसँगै सडक सञ्जालमा जोडिन हुम्ला औपचारिक रूपमा राष्ट्रिय राजमार्गसँग जोडिएको छ ।