काठमाडौं, २३ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले जनताले वर्तमान सरकारको विकल्प खोजिरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनताले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजिरहेको बताएका हुन् ।
वर्तमान सरकार भ्रष्टाचारको चरम सीमामा पुगेको, विधिको शासनमा बलमिच्याईँ भएको, आर्थिक रुपले मुलुक थिलथिलो भएको, अदालतको फैसलामा पनि एमालेको गन्ध आएको उनले बताए ।
‘यो सरकारको विकल्प, केपी ओलीको विकल्प नेपाली जनताले खोजेको छ । केपी ओलीजीको सरकारमा भ्रष्टाचार चरम सीमामा पुग्यो, विधिको शासनको मिच्याइ भयो । आर्थिक रुपले हामी थिलथिलो भयौं । सात बुँदेमा गरेको कुनै पनि कमिटमेन्ट उहाँहरुले पूरा गर्नुभएन । अदालतको फैसलामा पनि नेकपा (एकाल) का दबदवाहको गन्ध आयो । यो सरकारको विकल्प आम नेपाली जनताले खोजेकै छन् । तर, हामी त्यतातिर लागेका छैनौं,’– उनले भने ।




प्रतिक्रिया