काठमाडौं, २३ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले नेकपा (एमाले) फुटको संघारमा रहेको दाबी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् ।
आफैं फुटको संघारमा रहेको नेकपा (एमाले) सँग वामपन्थी एकता हुन नसक्ने उनले बताए । ‘एमाले नै आफैं फुट्न आटेको छ, एमालेसँग अनि कता हामी मिल्ने ? भएकै फुट्दैछ यहाँ, अनि एकताको कुरा के ? जनताले पनि त पत्याउनुपर्यो नि ? वाम एकता हुँदैछ कि देशमा हाम एकता हुँदैछ भनेर शंकाको नजरबाट जनताले हेरिराखेका छन्,’– उनले भने ।




प्रतिक्रिया