काठमाडौं, २३ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीका नेता मोहन बस्नेतले केन्द्रीय समिति बैठकमा महामन्त्री, प्रधानमन्त्री र पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध बोलेको बताएका हुन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता शिवाकोटीले यस्तो बताएका हुन् ।
‘उहाँले महामन्त्रीविरुद्ध मात्रै बोल्नुभएन, उहाँले त प्रधानमन्त्रीविरुद्ध बोल्नुभयो । पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध बोल्नुभयो । उहाँले संवैधानिक अंगको प्रमुख, पदाधिकारीहरुमाथि बोल्नुभयो । धेरैको बारेमा बोल्नुभयो,’– उनले भने ।
साथै, उनले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक प्राविधिक समस्याको कारण लाइभ गर्न नसकिएको उनले बताए । केन्द्रीय समितिमा सदस्यहरुले राखेका धारणहरु बाहिरिएको तर्फलक्षित गर्दै सभापति देउवाले बैठक लाइभ गर्नु र नगर्नुको कुनै अर्थ रहेन भनेर मिटिङको क्रममा भनेको उनले सुनाए ।
‘सभापतिज्यूले के भन्नुभएछ भने– ‘आखिर केन्द्रीय समिति बैठकमा लाइभ गर्ने र नगर्ने कुराको अर्थ रहँदोरहेन छ । लाइभ नै गरेबराबर भयो, लाभइ गर’ भनेर आजको बैठकमा भन्नुभएको रहेछ । पहिला पनि सभापतिले चाहेर भएको हो, यसपाला पनि सभापतिले चाहँदा हुन्थ्यो । तर, त्यहाँ प्राविधिक रुपमा मिलाउन समय लागेको हो,’– उनले भने ।




प्रतिक्रिया