काठमाडौं, २३ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावनालाई नकार्न नसकिने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले परफर्मेन्स राम्रो नभएका मन्त्रीहरुलाई पार्टीले फिर्ता बोलाउन सक्ने बताएका हुन् ।
‘यो (मन्त्रिपरिषद् पुनर्गठन)सम्भावनालाई म नकार्न सक्दिनँ । किनभने कुनै पनि बेलामा यो एक वर्ष काम गर्नुभयो केही साथीहरुले । परफरमेन्स दिन सकिन्छ कि भनेर कोही साथीहरु आउनुभयो भने उहाँहरुलाई त्यसमा सम्भावना हुन पनि सक्छ,’– उनले भने ।
साथै, उनले आफूले केन्द्रीय समितिमा ‘हामीलाई सफा पार्टी चाहिएको छ, भ्रष्टाचारको आहालमा डुबेको पार्टी चाहिएको छैन’ भनेर कुरा राखेको पनि उनले बताए । कांग्रेस जहिल्यै पनि भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा रहेको उनको भनाइ छ ।




प्रतिक्रिया