प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणको उपलब्धि संसद्लाई सुनाउने


काठमाडौं, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको संसद् बैठकमा आफ्नो स्पेन भ्रमणबारे जानकारी गराउने भएका छन् । दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भनिएको छ । प्रधानमन्त्री ओलीले हालै स्पेनको पाँच दिने भ्रमण गरेका थिए । भ्रमणमा जाने दिनपनि उनले सदनलाई जानकारी गराएका थिए ।

युएनको फाईनान्सिङ फर डेभलपमेन्ट समिटमा भाग लिएका प्रधानमन्त्री ओलीले आज भ्रमणको उपलब्धि सदनलाई सुनाउने भएका हुन् । प्रधानमन्त्री ओली यही असार २० गते साँझ काठमाडौं ओर्लिएका हुन् । प्रधानमन्त्री ओलीले विमानस्थलमा भने कुनै पत्रकार सम्मेलन गरेका थिएनन् । यसअघि भ्रमणमा फर्किएर आएप्छि विमानस्थलमा पत्रकार सम्मेलन आयोजना गर्ने गरिएको थियो । यसपटक परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रेस मिटमा भ्रमणको ब्रिफ गरेका थिए ।