काठमाडौं, २३ असार । जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले राष्ट्रपति, उपराष्ट्रपति भइसकेका मान्छे सक्रिय राजनीतिमा फर्किनुलाई राम्रो मान्न नसकिने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सक्रिय राजनीतिमा फर्किएर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनले पदको गरिमा गिराएको बताएका हुन् ।
‘अरु देशमा भएको भए राष्ट्रपति, पूर्व राष्ट्रपति भएको मान्छे फेरि फर्किँदैनन् । राष्ट्रपति, उपराष्ट्रपति राजनीतिमा फर्किने काम राम्रो होइन । संसदीय व्यवस्थाको गरिमाको लागि यो राम्रो होइन । उहाँहरुले त्यो पदका गरिमा गिराउनुभएको हो,’– उनले भने ।




प्रतिक्रिया