काठमाडौं, २३ असार । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक डेढ घण्टा पर सरेको छ । आज दिउँसो २ बजे बस्ने भनिएको बैठक अब साँढे ३ बजेबाट सुरु हुनेछ । बैठकमा आज सभापति शेबरहादुर देउवासहित पाँच जनाले बोल्ने भनिएको छ । असार १६ गतेबाट सुरु भएको बैठकमा हिजोसम्म सहमहामन्त्रीहरुले आफ्नो धारणा राखेका छन् ।
आज दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरूङ र सभापति देउवाले बोल्नेछन् । बैठकमा नेताहरुले मिश्रित धारणा राखेका छन् । बैठक आजै समापन हुनेछ ।




प्रतिक्रिया