असार लागेपछि नेपालमा मल र मन्त्री हराउने स्थिति हुन्छ : गोकुल बाँस्कोटा


काठमाडौं, २३ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले असार लागेपछि मल र मन्त्री दुवै हराउने स्थिति दोहोरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने,‘कृषिमन्त्रीज्यू रन्किनुहोला, म यहीँ छु भनेर । यहाँ एउटा अभिषप्त इतिहास र नियती दोहोरिन्छ, असार लागेपछि मल र मन्त्री हराउनुपर्ने स्थिति हुन्छ नेपालमा । भूकम्पबाट राहत बाँड्याजस्तो १० केजी राहत बाँडेर कृषिको उत्पादन वृद्धि कसरी हुन्छ ? तत्काल मलको प्रवन्ध गरियोस ।’