भूकम्पमा राहत बाँढेजस्तो १० केजी मल बाँढेर कृषिको उत्पादकत्व बृद्धि हुँदैनः गोकूल बास्कोटा


काठमाडौं, २३ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले असार लागेपछि मल र मन्त्री दुवै हराएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भूकम्पको बेलामा १० केजी राहत बाँडेकोजस्तो गरी मल बाँडेर कृषिको उत्पादन र उत्पादकत्व बृद्धि हुन नसक्ने बताएका हुन् । उनले तत्काल मलको प्रबन्ध गर्न सरकारको ध्यानाकार्षण गराए ।

‘कृषिमन्त्रीजीले भन्नुहोला, रन्किनुहोला म यहीँ छु भनेर । तर, असार लागेपछि मल र मन्त्री हराउनुपर्ने अवस्था हुन्छ नेपालमा । भूकम्पमा १० केजी राहत बाँडेर कृषिको उत्पादन र उत्पादकत्व बृद्धि कसरी हुन्छ ? तत्काल मलको प्रबन्ध गरियोस्,’– उनले भने ।