सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त


काठमाडौं, २३ असार । सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त भएका छन् । न्याय परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।

नवनियुक्त न्यायाधीशहरुको नाम प्रतिनिसभाअन्तर्गत संसदीय सुनुवाइ समितिले आज अनुमोदन गरेको थियो । वरिष्ठ अधिवक्ता पोखरेल कानुन व्यवसायीबाट न्यायाधीश बनेका हुन् भने पौडेल र थापा उच्च अदालतका न्यायाधीश हुन् ।