कुलिङ पिरियडमा भएको छेडखानी छानबिन गर्न बनेको समितिको कार्यादेशमा के छ ?


काठमाडौं, २३ असार । संघीय निजामती सेवासम्बन्धी विद्येयकमा राखिएको कुलिङ पिरियडमा भएको छेडखानीको विषयमा छानबिन समिति बनेको छ। अहिले समितिको संयोजक तोकिएको छैन । तर, समितिमा कांग्रेस र एमालेबाट दुई दुई जना सदस्य राखिएको छ । कांग्रेसबाट सांसदहरु जीवन परियार र सुशिला थिङ छिन् ।

एमालेबाट भने नारायणप्रसाद आचार्य र इश्वरी घर्ती छन् । माओवादी केन्द्रबाट माधव सापकोटा छन् । चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्कीको नाम सिफारिश गरिएको छ । रास्वपाले भने कांग्रेसको नेतृत्वमा समिति नस्विकार्ने भनेको छ । समितिलाई छानबिनको लागि २१ दिनको समय दिइएको छ ।