प्रधानमन्त्री ओलीको पक्षमा उभिए गगन, मन्त्री फेरेर भए पनि सरकार सफल बनाउने


काठमाडौं, २३ असार । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मन्त्री फेरेर भए पनि सरकारलाई प्रभावकारी बनाइने बताएका छन् । पार्टी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले सरकारलाई जसरी पनि सफल बनाउनु पर्ने र कांग्रेसलाई गर्न सकिएन भन्ने छुट नरहेको बताएका हुन् ।

सरकारको काम कारबाही प्रभावकारी नभएको र मन्त्रीहरुको फरफरमेन्समाथि प्रश्न उठिरहेको बेलामा महामन्त्री थापाले सरकारलाई सफल बनाउन मन्त्री फेर्ने प्रस्ताव राखेका छन् । उनले कांग्रेसलाई गर्न सकिएन भन्ने छुट नरहेको बताए ।

फरक प्रसंगमा महामन्त्री थापाले भ्रष्टाचार मुद्दामा कोही दोषी छ भने कांग्रेस भएकै कारणले उन्मुक्ति पाउन नहुने बताए । कांग्रेसले कानूनी शासनमा विश्वास गर्नुपर्ने उनको धारणा रहेको थियो ।