टीभीएसको स्कुटर ‘टीभीएस जुपिटर ११०’ सार्वजनिक


काठमाडौं । टीभीएसको नयाँ स्कुटर टीभीएस जुपिटर ११० नेपालमा सार्वजनिक भएको छ। टीभीएस ब्राण्डको नेपालका लागि आधिकारी आयातकर्ता तथा बिक्रेता कम्पनी जगदम्बा मोटर्सले उक्त स्कुटर सोमबार सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार जुपिटरलाई पूर्ण रूपमा ‘एर्गोनोमिक्स’ ध्यानमा राखेर सपोर्टिव र स्टाइलिश डिजाइन गरिएको छ। सबै उमेर, लिङ्ग र शारीरिक बनावट भैएका प्रयोगकर्तालाई लक्षित गर्दै, स्कुटरको ह्यान्डल, सिट उचाइ र फ्लोरबोर्ड अत्यन्त सहज बनाइएको कम्पनीको भनाई छ ।

यसको आकर्षक पियानो ब्ल्याक फिनिश र सिग्नेचर इनफिनिटी लाइट्सले आधुनिक नेपालको बदलिंदो सौन्दर्य रुचिलाई झल्काउँछ । साथै, यो स्कुटरमा स्मार्ट अलर्टसहितको पूर्ण डिजिटल रंगीन स्पीडोमिटर, औसत र रियल टाइम माइलेज देखाउने सुविधाजस्ता फिचरहरू समावेश छन् ।