त्रिशूली (नुवाकोट), २४ असार । नुवाकोटको विदुर नगरपालिका–९ स्थित त्रिशूली नदीमा मङ्गलबार बिहान फसेका दुई जनाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिँदै ।
काठ टिप्न जाने क्रममा फसेका स्थानीय ५६ वर्षीय पाल्देन तामाङ र उनको श्रीमती ५१ वर्षीया मङ्गली तामाङको नेपाली सेनाको हेलिकप्टर मार्फत नेपाली सेनाले उद्धार गरेको हो । तस्बिर : रामहरि न्यौपाने / रासस






प्रतिक्रिया