काठमाडौँ, २४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा अप्रत्याशित रूपमा हिजो आएको भीषण बाढीले नेपाल–चीन जोड्ने रसुवागढी–केरुङ नाकास्थित मितेरी पुल र नेपालतर्फ रहेको सुख्खा बन्दरगाह जस्ता राष्ट्रिय महत्वका पूर्वाधारमा पुर्याएको गम्भीर क्षति र सोही घटनामा केही व्यक्ति सम्पर्कविहीन भएको दुःखद खबरले मर्मातहत र चिन्तित बनाएको बताएको छ । प्राकृतिक विपत्तिले निम्त्याएको उक्त मानवीय र भौतिक संकटप्रति रास्वपाले गहिरो दुःखसमेत व्यक्त गरेको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले आज एक विज्ञप्ती जारी गर्दै राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारसँग आग्रहसमेत गरेका छन् । झाले विज्ञप्तीमा भनेका छन्,‘चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा अप्रत्याशित रूपमा हिजो आएको भीषण बाढीले नेपाल–चीन जोड्ने रसुवागढी–केरुङ नाकास्थित मितेरी पुल र नेपालतर्फ रहेको सुख्खा बन्दरगाह जस्ता राष्ट्रिय महत्वका पूर्वाधारमा पुर्याएको गम्भीर क्षति र सोही घटनामा केही व्यक्ति सम्पर्कविहीन भएको दुःखद खबरले हामीलाई अत्यन्तै मर्माहत र चिन्तित बनाएको छ । प्राकृतिक विपत्तिले निम्त्याएको यस मानवीय र भौतिक संकटप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं ।”
बाढीमा परी बेपत्ता भएका नागरिकको खोजी तथा उद्धारमा द्रुत एकीकृत पहल गर्न तथा प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी अत्यावश्यक खाद्यान्न, लत्ताकपडा, औषधि–उपचार र अस्थायी बसोबासको भरपर्दो व्यवस्था मिलाउन सरकारसमक्ष रास्वपाको माग छ ।
यस्तो छ रास्वपाले जारी गरेको विज्ञप्ती :





प्रतिक्रिया