काठमाडौं, २४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले सहकारी ठगी प्रकरणमा जोडिएका जिबी राईलाई सरकारले पक्रेर ल्याउन नसकेको बताएका छन् । सरकारले जिबी राईलाई नपक्रिएको कारण ७३ लाख ८१ हजार सर्वसाधारणको बचत जोखिममा परेको उनले बताए । उनले जिबी राईको खोजीकार्य तत्काल अगाडि बढाउन आग्रह गरे ।
‘जिबी राई कहाँ छन् ? आज भण्डै ७३ लाख ८१ हजार सर्वसाधारणको पैसा ठगी भएको छ सहकारीमा । जिबी राईलाई अहिलेको सरकारले कति अर्बमा डिल गर्यो ? हिजो प्रतिपक्षमा हुँदाखेरी जिबी राई पक्रेर ल्याउछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुकेर बस्नुभएको छ ? जिबी राई चाहियो यहाँ । कहाँ लुकाएर राख्नु भएको छ ?’ प्रश्न गर्दै उनले भने ।




प्रतिक्रिया