काठमाडौं, २४ असार । मधेश केन्द्रीत सात दलीय संङ्घीय लोकतान्त्रिक मोर्चाले रुपन्देही ३ को उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट सझा उम्मेदवार उठाउने निर्णय गरेको छ ।
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष बृषेश चन्द्र लालले मोर्चाले एकतावद्ध भएर नाउपाको उम्मेवदारलाई समर्थन गर्ने निर्णय भएको बताए । ‘सर्वसम्मतीबाट संघीय लोकतान्त्रिक मोर्चाको संयुक्त उम्मेदवारको रुपमा रुपन्देही–३ नम्बर क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको उम्मेदवारी हुनेछ । हामी एकवद्ध भएर नागरिक उन्मुक्ति पार्टीको उम्मेदवारलाई समर्थन गर्छौं,’– उनले भने ।
आज बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–३ बाट नाउपाले ४ हजार ७ सय ५१ मत पाएको थियो भने गठबन्धनमा रहेको अर्को दल जनमत पार्टीले सो क्षेत्रबाट ३ हजार ३ सय १७ मत पाएको थियो । File Photo/RN




प्रतिक्रिया