काठमाडौं, २४ असार । जर्मन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणाले जर्मनका आफ्ना समकक्षी जोहान डेबिड वेडफुलसँग भेटवार्ता गरेकी छिन् । जमर्नको बर्लिनमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धको विकासमा छलफल भएको हो ।
भेटमा मन्त्री राणाले जर्मनी नेपालको ठूलो र पुरानो विकास एवं व्यापार साझेदारमध्येको एक प्रमुख देश जर्मनीबाट आर्थिक, सामाजिकलगायतका क्षेत्रमा निरन्तर सहयोग प्राप्त भएको स्मरण गर्दै जर्मनी सरकार एवं जर्मन नागरिकप्रति आभार व्यक्त गरेकी हुन् । भेटवार्तामा नेपाल लगानी बोर्डको सिईओ सुशिल ज्ञवाली र जर्मनका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीलगायतको सहभागिता रहेको थियो ।





प्रतिक्रिया