समाजवादी हातहरु झाँक्रीको मुखमा पट्टी टाँस्न उचालिएः गोकुल बास्कोटा


काठमाडौं, २५ असार । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी) की स्थायी समिति सदस्य रामकुमारी झाँक्रीलाई पार्टीले कारबाही गर्न खोजेकोमा आलोचना गरेका छन् । एकीकृत समाजवादीको सचिवालय बैठकले झाँक्रीलाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पार्टी अध्यक्ष माधवकुमार नेपालको विरुद्धमा बोलेको भन्दै झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

उक्त निर्णयप्रति आलोचना गर्दै नेता बास्कोटाले भनेका छन्, ‘जे रोप्यो त्यै फल्छ । प्रकृतिको नियम। हिजो केपी ओलीविरुद्ध रामकुमारी झाँक्रीले पार्टीमा व्यक्तिले विचार र प्रतिष्पर्धा गर्न पाउनेभन्दा बढी बोल्दा नेपथ्य र कन्दराको गीतमा झुमेका दर्शकले झै ताली ठोक्ने समाजवादी हातहरु यति छिट्टै झाँक्रीको मुखमा पट्टी टाँस्न उचालिएको देख्दा उदेक छु।’ File Photo/RN