काठमाडौं, २५ असार । त्रिभुवन विश्वविद्यालयको उपकुलपति (भिसी) मा प्राफेसर डाक्टर दीपक अर्याल नियुक्त भएका छन्। त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा. अर्याललाई भिसीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त भिसी अर्याल त्रिविको जल तथा मौसम विज्ञानको केन्द्रीय विभाग प्रमुख भएका थिए । त्रिविको उपकुलपतिबाट प्रा.डा. केशरजंग बरालले राजीनामा दिएपछि निमित्तको भरमा चलेको थियो ।
निमित्त भिसीको जिम्मेवारी प्रा.डा. खड्ग केसीले सम्हालेका थिए । सिफारिश समितिले गरेको तीन जनाको नाममा केसीको पनि नाम समावेश थियो ।




प्रतिक्रिया