सोविता गौतमलक्षित महेश बर्तौलाको टिप्पणी : भाइरल बन्नको लागि संसद्मा हावादारी क्रियाकलाप गरियो


काठमाडौं, २५ असार । नेकपा (एमाले) का सांसद महेश बर्तौलाले संसदमा केही सांसदहरुले निजी प्रचारको लागि हावादारी कुरा गरेको भन्दै आक्रोश पोखेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘यो संसद्मा निजी प्रचारको लागि कतिपय सांसदहरुले असाध्यै गलत कुराहरु व्यक्त गरिरहनुभएको छ, भाइरल बन्नको लागि संसद्जस्तो गरिमामय स्थानमा यसप्रकारको जथाभावी र हावादारी क्रियाकलाप गरेर जहिल्यैपनि, हरेक दिन र हरेक बैठकमा गलत र दुषित समाचार सम्प्रेषणको स्रोत यो संसद् बनाउन खोजिँदैछ, यसतर्फ म सिंगो हाउसको गम्भीर ध्यानाकार्षण गराउन चाहन्छु ।’

उनले खेतीबारीको सिजन भएकोले मल र खाद्यको समस्या भएको भन्दै यसको प्रवन्ध गरियोस भन्ने माग गरे ।