काठमाडौं, असार २६ । आज अर्थ समितिको बैठक दुई दुई पटक बस्दैछ । संघीय संसद अन्तर्गतको सो समितिको बैठक एकै दिन दुई पटक बस्न लागेको हो ।
जसअनुसार पहिलो सत्रको बैठक बिहान ११ बजेबाट सुरू हुनेछ । जुन बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल गरिनेछ ।
दिउँसो १ बजे सुरु हुने दोस्रो सत्रको बैठकमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसमायिक विषयमा छलफल गरिनेछ । संसद सचिवालयका अनुसार आज संघीय संसद अन्तर्गतका थप पाँच वटा समितिको बैठक बस्दैछ ।




प्रतिक्रिया