कञ्चनपुर, असार २६ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द गरिएको छ। वर्षाका कारण निकुञ्जको बाटो बिग्रेपछि जङ्गल सफारी बन्द गरिएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए।
‘वर्षाका कारण सफारी गर्ने मुख्य ‘रुट’ को सडक बिग्रेको छ’, उनले भने, ‘जसका कारण सफारी गएका गाडी फस्न र पर्यटकले दुःख पाउन थालेपछि बन्द गरेका हौँ।’ निकुञ्ज कार्यालयका अनुसार चालु आर्थिक वर्षमा तीन हजार सात सय २२ जनाले निकुञ्ज भ्रमण गरेका छन् । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफल रहेको निकुञ्जका ५४ वर्गकिलोमिटरमा विशाल घाँसे मैदान छ। वन्यजन्तु मात्रै नभइ दुर्लभ वनस्पतिको लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ।




प्रतिक्रिया