काठमाडौं, २६ असार । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधिसभा सदस्य अम्मरबहादुर थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल लागेर अहिलेको सरकार नढल्ने बताएका बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नलागी यो सरकार नढल्ने बताएका हुन् । अहिलेको सरकार कसैले ढाल्छु भन्छ भने त त्यो आकाशको फल टिप्ने कुराजस्तो हुने उनको भनाइ छ ।
‘कसैले ढाल्न पर्दैन, ढल्यो भने आफैं ढल्छ । दुइटा पार्टीको बीचमा द्वन्द्वका कारणले ढल्छ । उहाँहरु (प्रचण्ड–माधव नेपाल) लागेर ढल्दैन । शेरबहादुर देउवा लागेपछि ढल्छ, अरु कोही लागेर ढल्दैन,’– उनले भने ।
साथै, फरक प्रसंगमा उनले अब देश बनाउनका लागि पुराना नेताहरु सबै विस्तापित हुनुपर्ने बताए । उनाले अहिलेको नेतृत्वबाट देश अगाडि बढ्न नसक्ने उनले बताए । ‘अब देश बनाउनका लागि यी पुराना नेताहरु सबै विस्तापित हुनुपर्छ । यो नेतृत्वबाट अब राष्ट्र अगाडि बढ्छ भन्ने कुराको विश्वास गर्ने कुरा जनताबाट टाढा भइसक्यो । कुनै नेताहरुमा पनि भिजन छैन । न केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड माधव नेपालले देशमा भिजन दिन नै सकेनन्,’– उनले भने ।




प्रतिक्रिया