काठमाडौं, २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले रुपन्देही–३ मा उम्मेदवार छनोट कार्यविधि स्वीकृत गरी केन्द्रीय समिति सदस्यहरूको रायका लागि पठाउने निर्णय गरेको छ । हिजो (बुधबार) बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
रास्वपाले केही दिनभित्र कार्यविधिअनुसार उपनिर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गर्नेपनि जनाएको छ । बैठकले सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इञ्चार्ज विपिन कुमार आचार्यलाई रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा हुने उपनिर्वाचन सम्बन्धी सम्पूर्ण कार्यको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेको छ।




प्रतिक्रिया