काठमाडौं, २६ असार । वरिष्ठ अधिवक्ता डा.गान्धि पण्डितले गाउँ–गाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव बढ्दो अवस्थामा रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफू रुपन्देही, नवलपरासी र चितवनमा जाँदाको अवस्था त्यस्तो पाएको सुनाएका हुन् ।
रवि लामिछानेको पक्षमा रास्वपाले चलाइरहेको हस्ताक्षर अभियानले मुद्दालाई कुनै पनि किसिमको असर नपार्ने उनले बताए । उक्त हस्ताक्षर अभियान चलिरहेको मुद्दाको सन्दर्भमा भन्दा पनि राजनीतिक प्रतिशोधको विरुद्धमा रहेको उनले बताए ।
उनले भने, ‘मैले भूईँ मान्छेसित कुरा गर्दाखेरी रवि लामिछाने व्यक्तिगत रुपमा जस्तो भए पनि उसको पार्टी यति पपुलर रहेछ । यो हस्ताक्षरले अदालतमा रहेको मुद्दालाई प्रभाव पार्ने होइन, निर्दोष छन्, राजनीतिक प्रभाव पर्यो भनेर अदालतमा परेको मुद्दाका सन्दर्भमा भनेको होइन कि सरकारले गलत तरिकाले मुद्दा चलायो भनेर राजनीतिक सन्देश दिन खोजेको हो । मुद्दा सरकारले चलाउन नहुने ठाउँमा चलायो, प्रतिशोध लियो भन्ने कुरा एउटा हो । चलिरहेको मुद्दालाई प्रभाव पार्ने हिसाबले गरेको जस्तो लाग्दैन । राजनीतिक रुपमा भूईँ मान्छेमा प्रचार भइरहेको छ । रवि लामिछानेलाई थुनामा राखेर पाइदा भयो ।’




प्रतिक्रिया