काठमाडौं, २६ असार । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले नेपाल–भारत सम्बन्ध प्रगाढ रहेको बताएकी छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपाल–भारत सम्बन्ध विगतमा पनि राम्रो रहेको र आगामी दिनमा पनि राम्रो हुने हुने विश्वास व्यक्त गरिन् ।
‘नेपाल–भारत सम्बन्ध अहिले पनि राम्रो छ । पछि पनि राम्रो हुन्छ । नेपाल–भारत सम्बन्ध कमजोर भएको मलाई लाग्दैन । किनभने नेपाल–भारत सम्बन्ध नै यस्तै छ । जनता–जनताबीचको सम्बन्ध हो । प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्बन्ध हो । रोटीबेटीको सम्बन्ध हो । यो सम्बन्ध कसरी खराब हुन्छ ? नेपाल–भारत सम्बन्ध सधै राम्रो थियो, अहिले पनि छ । केही गड्बढ भएको मलाई चाही लाग्दैन,’– उनले भनिन् ।




प्रतिक्रिया