नेपाल तरूण दलको महाधिवेशन तयारी, साउनभित्रै जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन


काठमाडौं, २६ असार । नेपाली काङ्ग्रेस भातृ संगठन नेपाल तरुण दल महाधिवेशन निर्देशन समितिको संयोजक नेपाली काङ्ग्रेसको सहमहामन्त्री डिना उपाध्यायको प्रमुख आतिथ्यमा महाधिवेशनकेन्द्रित छलफलभ एको छ । उक्त भेटवार्तामा तरुण दल काठमाडौं जिल्ला अध्यक्ष ,अधिवेशन संयोजक कृष्ण जी खड्का एवं काठमाडौंको दश वटै क्षेत्रको सभापतिहरुसङ्ग जिल्ला अधिवेशनको पछिल्लो गतिविधिको बारेमा छलफल भएको छ ।

छलफलमा महाधिवेशन निर्देशन समितिले दश दिनभित्र काठमाडौं जिल्लाभरि पुर्णकालिन फाराम भर्ने कार्य सम्पन्न गरि वडा अधिवेशन गर्ने र साउन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नको लागी तयारी गर्न निर्देशन दिएको छ ।

छलफल कार्यक्रममा महाधिवेशन निर्देशन समिति सदस्य तथा सांसद सरिता प्रसाईं,, महाधिवेशन निर्देशन समितिको सदस्य तथा राष्ट्रिय सभा सदस्य जित जङ्ग बस्नेत र नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङको सहभागिता थियो ।