काठमाडौं, २६ असार । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सम्पन्न भएको छ । पार्टी मुख्यालय पेरिस डाँडामा आज बसेको बैठकले आगामी साउनको पहिलो साताभित्रै बस्नेगरि स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
माओवादीले यसअघि असारभित्रै केन्द्रीय कमिटीको बैठक बोलाउने भनेको थियो । तर, विशेष कारणले असारमा केन्द्रीय कमिटी बैठक बोलाउन नसकिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनकाअनुसार स्थायी कमिटी बैठकमार्फत नै केन्द्रीय कमिटी बोलाईने भएको छ । file photo




प्रतिक्रिया