मोन्टी देसाई काठमाण्डू गुर्खाजको कोचमा नियुक्त


काठमाडौं, २६ असार । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमाण्डु गुर्खाजको कोचको रुपमा मोन्टी देसाई अनुवन्ध भएका छन् । एनपिएलको दोस्रो सिजनका लागि काठमाण्डु गुर्खाजले कोचको रुपमा चिरपरिचित देसाईलाई अनुबन्ध गरेको हो । उनी यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य कोच थिए । तर, क्यानले उनीसँग सम्झौता रिन्युल भने गरेको थिएन ।

काठमाण्डु गुर्खाले आफ्नो आधिकारिक सोसल मिडियामा भारतीय प्रशिक्षक देसाईलाई अनुवन्ध गरेको भिडियो सार्वजनिक गरेको छ । देसाईले पनि आफू पूनः नेपाल आउन पाउन लागेकोमा खुशी व्यक्त गरेका छन् । उनले टियू मैदानमा नेपाली फ्यानहरुलाई भेट्न आफू उत्साही रहेको बताएका छन् ।

काठमाण्डू गुर्खाजमा व्यवसायी उपेन्द्र महतो, मिडिया टाईकुन कैशाल सिरोहियालगायतको लगानी छ । file photo