गृहमन्त्री हटेको भोलिपल्ट रमेश लेखकको हालत रवि लामिछानेको जस्तै हुन्छः अधिवक्ता नेपाल


काठमाडौं, २७ असार । अधिवक्ता स्वागत नेपालले गृहमन्त्री हटेको भोलिपल्ट रमेश लेखकको हबिगत रवि लामिछानेको जस्तै हुने बताएका छन् । प्राइम टाइम्स टेभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पदबाट बाहिरिएपछि गृहमन्त्री लेखकको हालत पनि उस्तै हुने बताएका हुन् । लामिछानेलाई गृहमन्त्री हटेको भोलिपल्टदेखि ५ ओटा जिल्लामा मुद्दा अगाडि बढाइएको उनले बताए । वर्तमान गृहमन्त्री लेखकको पनि हालत त्यस्तै हुने उनको दाबी छ ।

‘यो व्यवस्थाको विशेषता नै के हो भने गृहमन्त्री भइन्जेल उहाँ एकदमै ठीक हुनुहुन्छ हजुर भनेर क्लिन चिट छ उहाँको भनेर आईजीपीले संसदीय समितिमा भन्ने । अनि गृहमन्त्री हटेको अर्को मिनेटदेखि चाहिँ उहाँलाई पाँच वटा जिल्लामा म्याद थप र पक्राउपुर्जी लिएर जाने यही आईजीपी होइन ? अहिलेका रमेश लेखकलाई पनि गृहमन्त्री हटेको भोलिपल्टदेखि आईजीपीले म्याद थप्दै लानेको हो नि,’– उनले भने ।

वर्तमान व्यवस्थामा मन्त्री सांसद नै हुने र प्रहरीको सरुवा, बढुवालगायतमा भाग लिने भएकाले पदमा भएको बेलामा कसैलाई केही गर्न नसक्ने उनले बताए । अधिवक्ता नेपालले संसदीय व्यवस्थाको विशेषता नै यही रहेको बताए ।

साथै, फरक प्रसंगमा उनले राजसंस्थाको पक्षमा भीषण आन्दोलन हुने बताए । अहिले शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड जहाँ जाँदा पनि चोर आयो भनेर जनताले विरोध गरिहरेको र पूर्वराजा जहाँ जाँदा पनि जनताले साथ दिएको उनले बताए ।