योगेशको अपिल : च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने तरिका बन्द गरौं


काठमाडौं, २७ असार । नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले पार्टीभित्र एक–अर्कालाई ललकार्ने काम बन्द गर्न आग्रह गरेका छन् । अहिले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्ष र विपक्षमा नेता तथा कार्यकर्ता सोसल मिडियामा विभाजित भएर टिप्पणी गरिरहेको सन्दर्भमा नेता भट्टराईले ललकार्ने काम बन्द गरेर आपसमा बसेर विमर्श गर्न सुझाएका छन् ।

उनले फेशबुकमा लेखेका छन्–

च्यासललाई ललकार्ने,
च्यासलबाट ललकार्ने,
कृपया यो तरिका बन्द गरौ,
बसौं, आपसमा विमर्श गरौ,
सहकार्य मार्फ़त समाधान खोजौ,
जबजको मर्म पनि यही हो,
राष्ट्र, जनता र एमाले,
हामी सबै एक ठाँउ उभिने आधार१