काठमाडौं, २७ असार । नेपाल प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिन्द्र पाठकलाई सोधपुछको लागि जिल्ला प्रहरी परिसर काठमाडौं बोलाएको छ । अहिले पाठकसँग प्रहरी अधिकारीहरुको सोधपुछ चलिरहेको छ ।
पाठकले हालै एक विज्ञप्ती जारी गर्दा संविधानले नचिन्ने शब्द ‘श्री ४ महाराजधिराज’ भनेर लेखेका थिए । त्यही विषयमा प्रहरीले उनीसँग सोधपुछ गरेको हो । पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधि र शुभकामना सन्देशहरु उनै पाठकमार्फत सार्वजनिक गर्ने गरिएको छ । file photo




प्रतिक्रिया