काठमाडौं, २७ असार । काठमाडौं महानगरपालिका १६ गुम्बा चोकबाट जुवा तास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले जुवा तास खेलिरहेको अवस्थामा ५० हजार २ सय ९० नगद सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ, धुनिबेशी नगरपालिका १ का सुजन गुरुङ, प्युठानको प्युठान नगरपालिका ७ का बीर बहादुर गौतम, धादिङ, गंगाजमुना गाँउपालिका ४ धु्रब अधिकारी, रौतहट, बौधीमाई नगरपालिका ७ का सिकन्दर जैसवाल, धादिङ, गंगाजमुना गाँउपालिका ३ का हुम बहादुर घले, टेक बहादुर घले, मान बहादुर भण्डारी, तनहुँको ब्यास नगरपालिका १२ का मेख बहादुर बराल, ताप्लेजुङको सिकैजा गाउँपालिका ३ का गंगाराम लिम्बु र काठमाडौं महानगरपालिका १६ का अमृत पुलामी रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति प्राप्त भइ उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया