काठमाडौं, २७ असार । काठमाडौं महानगरपालिकाले आगामी आइतबार (२९ गते) नगरसभाको घोषणा गरेको छ । आज (शुक्रबार) बसेको कार्यकालिका बैठकले आइतबार दिउँसो २ बजे नगरसभाको घोषणा गरेको हो ।
काठमाडौं महानगरको कार्यपालिका बैठक सात महिनापछि बसेको हो । आजको बैठक करिब १ मिनेट ८ सेकेन्डमै सकिएको थियो । महानगरपालिका प्रमुख बालेन्द्र शाहले नगरसभाको प्रस्ताव गरेका थिए । सदस्यहरुले पारित गरेसँगै उनले अरु छलफलको विषय केही पनि नरहेको भन्दै बैठक समापन भएको घोषणा गरे ।
महानगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेटको सीमा २५ अर्ब ११ करोड बजेटको निर्धारण गरेको छ ।




प्रतिक्रिया