काठमाडौं, २८ असार । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरञ्जिवी नेपाल बजारलाई चलायमान बनाउनका लागि राष्ट्र बैंकले राम्रो मौद्रिक नीति ल्याएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मौद्रिक नीतिको कारण अर्थतन्त्र लयमा फर्किने बताएका हुन् ।
‘अहिले राष्ट्र बैंकले राम्रो मौद्रिक नीति ल्याएको छ । बजारलाई चलायमान गराउने गरी नीति आएको छ । किन भनेर भन्दा तरलता पर्याप्त रहेको कारणले गर्दा व्याजदरहरु घट्दो क्रममा छ । मौद्रिक नीतिको कार्यदिशा सहजतापूर्वक लचिलो बनाइएको छ । अर्थतन्त्र लयमा फर्किरहेको बेला हो यो । विदेशी सञ्चिती मज्जाले बढेको छ । विगत दुई वर्षदेखि संकुचनमा रहेका क्षेत्रहरु विस्तार भएका छन् । जिडीपीको क्षेत्रहरु सकारात्मक देखिएका छन्,’– उनले भने ।
मौद्रिक नीतिले निक्षेपको व्याजदर घट्ने, आवास कर्जालाई २ करोडबाट ३ करोड बनाइएको, विदेशमा जानेले ३ हजार डलर साट्न पाउने, बैंकले पुँजी बढाउन पाउने, शेयर धितोमा २५ करोडसम्म कर्जा पाइने, बैंकले आफैं मूल्याङ्कन गरेर कृषिलाई १० लाखृसम्म कर्जा दिन पाउने, तरता व्यवस्थापन गर्न राष्ट्र बैंकले ऋण पत्र जारी गर्ने, लाभांश फिर्ता लैजान सहजीकरण गर्नेलयातको मौद्रिक नीतिले गरेको व्यवस्थाले अर्थतन्त्रलाई चलायमान बनाउने उनले बताए । File Photo/RN




प्रतिक्रिया