काठमाडौं, २८ असार । खेम सेञ्चुरी, प्रोसेस पाण्डे र मेलिना राईको स्वर रहेको गीत ‘मलाई तिमी मन पर्यो’ को भिडिओ सार्वजनिक भएको छ । नेत्र अर्यालको रचना रहेको गीतमा संगित खेम सेञ्चुरीले भरेका हुन् ।
शिब बिकको कोरियाग्राफी रहेको भिडिओमा खेम सेञ्चुरी, प्रोसेस पाण्डे, ओबी रायमाझी र नायिका वर्षा शिवाकोटीको अभिनय छ । भिडिओलाई शुभारम्भ डिजिटल म्युजिक च्यानलमार्फत हिजो (शुक्रबार) बाहिर ल्याईएको हो । अहिलेसम्म गीतलाई एक लाख १५ हजार बढिले हेरिसकेका छन् ।




प्रतिक्रिया