प्रधानमन्त्री ओली गृहजिल्ला झापामा


काठमाडौं, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । आज र भोलि उतै व्यस्त हुने बताईएको छ । उनी भोलि इलामसमेत जाने कार्यक्रम तय भएको छ । झापाको चन्द्रगढी ओर्लिएका प्रधानमन्त्री ओलीलाई एमाले नेताहरुले एयरपोर्टमा भव्य स्वागत गरेका थिए ।

एमाले कोशी प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत नेताहरु एयरपोर्टमा स्वागतको लागि पुगेका थिए । प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित झापा पुगेका हुन् ।