काठमाडौं, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रका विभिन्न १८ वटा सूचकहरु सकारात्मक रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गरेको एक वर्ष पुग्न लागेको छ । यही सन्दर्भमा प्रधानमन्त्री ओलीले अर्थतन्त्र सुधार रहेको र यसका विभिन्न क्षेत्रका सूचकहरु सकारात्मक रहेको तथ्यांक पेश गरेका हुन् ।
अर्थतन्त्रका विभिन्न १८ वटा क्षेत्रका सूचकहरुमा निर्माण उद्योगदेखि आवास तथा भोजसम्मको तथ्यांक प्रधानमन्त्री ओलीले पेश गरेका छन् । सरकारको एक वर्ष पूरा भएपछि प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओली आज भने गृहजिल्ला झापा पुगेका छन् ।




प्रतिक्रिया