काठमाडौं, २९ असार । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले आफ्नी छोरी अमेरिका पढ्न गएको विषयलाई लिएर गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफू शिक्षा मन्त्री भएको भन्दा ५ वर्ष पहिला अमेरिका गएको बारेमा भ्रम फैलाइएको उनले बताए ।
‘देवेन्द्र पौडेलको छोरीले चाहिँ जङ्गल नै गएर बस्ने ? मेरो छोरीलाई जङ्गलै बस्ने बनाइदिनुहुन्छ तपाईँहरु ? आलोचना गर्नेहरुले ? मेरो छोरी म लडाईँमा हिँड्दा कसले पाल्दियो ? कसैको हिसाब छ ? मेरो छोरीलाई १० वर्षपछि मैले भेटेको हो । त्यही छोरीलाई आज पनि गाली गरेको छ, भोलि पनि गाली गरेको छ । उसले युनिभर्सिटी खोजेर पढ्न जान नपाउने ? म शिक्षामन्त्री भएको कहिले हो ?शिक्षामन्त्री भएको ४ वर्ष पहिला हो । छोरी गएको ९ वर्ष पहिला हो । म सांसद पनि थिइनँ छोरी जाँदाखेरी । मन्त्रीको कुरै नगर्नु । झुठा कुरा गरेर काम लाग्दैन,’– उनले भने । File Photo/RN




प्रतिक्रिया