काठमाडौं महानगरले आज २५ अर्बको बजेट ल्याउँदै


काठमाडौं, असार २९ । काठमाडौं महानगरपालिकाले आज आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउदैछ । महानगरको गत शुक्रबार बसेको कार्यपालिका बैठकको निर्णयअनुसार आज बजेट ल्याउन लागिएको हो ।

बजेट प्रयोजनका लागि अहिले दिउँसो २ बजे नगरसभा बैठक बोलाइएको छ । नगरसभा अघि बिहान ११ बजे कार्यपालिका बैठक बस्नेछ । शुक्रबार महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षातामा बसेको कार्यपालिका बैठक एक मिनेटमै सकिएको थियो ।

महानगरले करिब २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउन लागेको हो ।