काठमाडौं, २९ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले वर्तमान सरकारले केही गर्न नसकेको भन्ने कुरामा आफू सहमत नभएको बताएका छन् । अहिले एमाले विधि र नीति निर्माणमा लागिपरेको उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अहिले एमालेलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा घेराबन्दीमा हालिएको पनि विश्लेषण सुनाए ।
पत्रकार धमलाले पार्टीको आजको आवश्यकत्ता विद्यादेवी भण्डारी हो कि होईन ? भनेर पत्रकार धमलाले राखेको प्रश्नमा नेता गौतमले अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताए । उनले भने,‘नेकपा एमाले आज जुन चूनौतिको बीचमा छ, जटिलताहरुको बीचमा छ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा एमाले जुन घेराबन्दीमा छ, एमालेको यो घेराबन्दीलाई तोड्न सक्ने र एमालेको वैचारिक हिसाबले यसको नेतृत्व गर्नसक्ने र राजनीतिक तथा वैचारिक क्षमताको हिसाबले पनि अगाडि बढाउन सक्ने त्यस्तो सक्षम नेतृत्वमा अहिले केपी ओली हुनुहुन्छ, अहिले हामीले उहाँको विकल्प खोजिरहेका छैनौं । आजको दिनमा हामीले विकल्प खोजेका छैनौं ।’
यद्धपी उनले विद्या भण्डारीलाई एमालेको नेतृत्व गर्छु भन्ने अधिकार (राईट) रहेको सुनाए । उनले भने,‘एमालेका कुनैपनि पदाधिकारीलाई म एमालेको केन्द्रीय नेतृत्व लिन सक्षम छु भन्ने राईट छ ।’




प्रतिक्रिया