झापाबाट प्रधानमन्त्री ओलीको गुनासो : स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो


झापा, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले अरु कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेको भन्दै आक्रोश पोखेका छन् । उनले यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको टिप्पणी गरे।

झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओली सहभागी भएको कार्यक्रममा ठूलो संख्यामा असम्बन्धित मान्छेहरुलाई पनि गिरोहले भिसा लगाएको र कतिपय उतै लुकेको भन्ने कुरा आएको भन्दै रास्वपाकी सांसद सोविता गौतमले संसद्मा कुरा उठाएकी थिईन् ।