सरकारमा नलगेकोले रास्वपाले एमालेमाथि प्रहार गरेको शंकर पोखरेलको आरोप


काठमाडौं, २९ असार । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारमा सहभागी नगराएपछि रवि लामिछाने नेतृत्वको रास्वपाले आफ्नो पार्टीविरुद्ध प्रहार सुरु गरेको आरोप लगाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय विभागहरूको भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले रास्वपाका नेता तथा कार्यकर्ताहरुले सोसल मिडियाको साहारामा निराशाको खेती गरेको आरोप लगाए । विगतमा रास्वपालाई सरकारमा ल्याउनको लागि एमालेले नै भूमिका खेलेको पनि उनले स्मरण गराए ।