काठमाडौं, २९ असार । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको विधानमा दुई कार्यकाल मात्रै पदाधिकारी बन्न पाउने व्यवस्था संशोधन भइसकेको बताएका छन् । आज (आइतबार) पार्टी केन्द्रीय विभागहरूको भेलालाई केन्द्रीय कार्यालय च्यासलमा सम्बोध गर्दै उनले पार्टीको विधानमा उल्लेख रहेको ‘दुई पटक उम्मेदवार वा दुई कार्यकाल’ भन्ने प्रावधान हटाइएको बताएका हुन् ।
‘हामी जसको नेतृत्वमा पार्टीलाई हाँक्न चाहन्थ्यौं उहाँ आठौं महाधिवेशनमा पनि अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । नवौंमा विजयी हुनुभयो । विधानको प्रावधानले उहाँलाई रोक्ने देखेर दुई पटक उम्मेदवार वा दुई कार्यकाल भन्ने प्रावधान संशोधन गरिएको हो,’– उनले भने ।
साथै, उनले आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेरहद पनि हटाउने गरी प्रस्ताव लगिने बताए । उनले मुकुन्द न्यौपानेलाई पार्टी प्रवेश गराउँदा ७० वर्षे कार्यकाल हटाइएको उनले स्मरण गराए ।




प्रतिक्रिया