काठमाडौं, २९ असार । गायिका ज्योति मगरले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वसभामुख ओनसरी घर्तिमगर, पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको कसैसँग तुलना गर्न नसकिने बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रथम महिला राष्ट्रपति, प्रथम महिला सभामुख र प्रथम महिला प्रधानन्यायाधीशसँग कसैको तुलना हुन नसक्ने बताएकी हुन् ।
‘विद्या भण्डारी अब प्रधानमन्त्री बन्नुहुन्छ ?’ भन्ने प्रश्नमा उनले आफ्नो लागि महिला प्रधानमन्त्रीमा रामकुमारी झाँक्री बन्नुपर्ने बताईन् । गायिका मगरले झाँक्रीको स्वभव ठाडो भए पनि र उनले बोलेका हरेक कुरा तर्कसंगत हुनेगरेको बताईन् ।
‘विद्यादेवी भण्डारी राष्ट्रपति बनिसक्नुभएको छ । अब प्रधानमन्त्री चाहिँ रामकुमारी झाँक्री बन्नुपर्छ । बन्ने सम्भावना चाहिँ आर्जु देउवा हो, मेरो च्वाइस चाहिँ रामकुमारी झाँक्री हो । मलाई उहाँ एकदमै मन पर्छ । उहाँको कुराहरुमा तर्क हुन्छ । नडराउने निडर, अलिकति हेर्दाखेरी ठाडो स्वभवको देखिए पनि गालीमा पनि तर्क हुन्छ,’– उनले भनिन् ।




प्रतिक्रिया