काठमाडौं, असार ३० । सुनसरीको सिमावर्ती हरिनगर गाउँपालिका– ६ घुस्कीमा गोली प्रहार गरी एक किसोरीको हत्या भएको छ । जिल्लाको हरिनगर गाउपालिका– ६ महरम चौकका १८ वर्षीया अर्सी खातुनको आज बिहान गोली प्रहारी गरी हत्या भएको हो ।
खातुनलाई उनकै भिनाजु भारत पत्रहा पञ्चायत–१६ घुर्ना बस्ने २९ वर्षीय अजाद मियाँ जटले गोली प्रहार गरी हत्या गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अरसिको घटनास्थलमै मृत्यु भएको र गोली प्रहार गर्नेको भिनाजु जट तत्काल फरार रहेका छन् । ।
घटनास्थलबाट सानो हतियारमा लाग्ने १ थान नपड्केको गोली फेला परेको छ । मृतकको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । मृतकको टाउकोको बाँया साइडमा चोट देखिएको जनाएको छ ।




प्रतिक्रिया