चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड


काठमाडौं, असार ३० । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यले भने नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी २ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।