काठमाडौं, ३० असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफ्नो राजनीतिक जीवनमै कुनै पनि गल्ती नगरेको बताएका हुन् । उनले आफूमाथिको प्रश्नको छानविन चाडै होस् भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगललाई भनेको बताए । उनले आफूले घुसको डिल गरेको मान्छे देखाउन भने ।
‘को विचौलिया हो ? त्यो प्रमाणित होस् न । म त चिन्दिनँ । गल्ती गरे पो स्वीकार गर्ने हो नि । गल्ती नै गरेको छैन । मन्त्रालयमा डिल हुन्छ भने मन्त्रालयमा सीसीटिभी क्यामेरा छ । कहाँ डिल गरेँ र मैले राजीनामा दिनुपर्ने विषय के हो ? ममाथि लगाइएको आरोप निराधार छ,’– उनले भने ।
उनले आजसम्म आफूले घुसको रुपमा कसैको एक कप चिया पनि नखाएको दाबी गरे । आफूमाथि लागेको आरोप पुष्टि भएको खण्डमा टुडिखेलमा झुण्डिन पनि तयार रहेको उनको भनाइ छ । ‘मैले एक रुपैयाँ, कसैको एक कप चिया खाएको हुँ भने टुडिखेलमा झुण्डिन तयार छु,’– उनले भने ।
साथै, आफूले मन्त्रालयमा आएर कर्मचारीको सरुवालाई बेवस्थित गरेको पनि उनले दाबी गरे । वर्तमान सरकार ढाल्ने प्रोपोगाण्डा पूरा नभएपछि सरकारलाई बदनाम गराउन आफुमाथि भ्रष्टाचारको आरोप लगाइएको उनले बताए । File Photo/RN




प्रतिक्रिया